हेटौंडा । बुटवलमा केन्द्रिय कार्यालय रहेको जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडको हेटौंडा शाखा कार्यालय अन्तरगतका सदस्यहरुलाई उद्यम बिकास कार्यक्रम अन्तरगत नगदेबालीतर्फ आकर्षित गरि उद्यमशिल बनाउन मौसमी तरकारीको बिउ बितरण गरिएको छ ।

बिभिन्न चरणमा संस्थाको ग्राहक संरक्षण कोष अन्तरगत शाखा कार्यालय हेटौंडाका १२० जना सदस्यहरुलाई काक्रो, भिण्डी, तनेबोडी, करेलाको बिउ बितरण गरिएको जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाको हेटौंडा शाखा कार्यालयका प्रबन्धक सुमन खत्रीले बताए । संस्थाले बित्तीय सेवासंगै सदस्यहरुको घरदैलोमा नै पशु तथा कृषि प्राबिधिक सेवा र बिभिन्न सीपमुलक तालिम प्रदान गरिने उनले बताए ।

मौसमी तरकारीको बिउ बितरण कार्यक्रममा जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था बागमती प्रदेश कार्यालयका कार्यालय प्रमुख बसन्तराज चालिसे, हेटौंडा शाखा कार्यालयका कर्मचारी, संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाले बित्तिय सेवासंगै विभिन्न सीपमुलक कार्यक्रम समेत संचालन गरी सदस्यहरुलाई ब्यवसायीक बनाउन जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाले सदस्यहरु केन्द्रित कार्यक्रम ल्याएकोमा सदस्य अनिशा श्रेष्ठले धन्यवाद दिए ।

संस्थाले ३४ जिल्लामा ९९ शाखा कार्यालय मार्फत बित्तिय कारोबार गर्दै आएको छ । १ लाख ६ हजार ४ सय ४९ जना सदस्य रहेको संस्थाले ५० हजार ९ सय ३५ सदस्यहरुसंग कर्जा कारोबार गर्दै आएको छ । संस्थामा ५ सय ६२ जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेका छन् ।