हेटौंडा । चैत पहिलो सातादेखि अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

दोस्रो संस्करणको प्रतियोगिताका लागि जिल्ला समन्वय समिति मकवानपुरले ७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । विजेता नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छ ।