काठमाडौं । मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।

कम्पनीले २९ करोड रुपियाँ बराबरको २९ लाख कित्ता शेयर आयोजना प्रभावित र ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लाई बिक्री गर्न लागेको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याइएको आईपीओमा पर्वत जिल्ला अन्तर्गत कुश्मा नपा- ३, मोदी गापा वडा नं-५, २, ६ र कुश्मा नपा-८ का बासिन्दाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

आईपीओ लागि छिटोमा चैत ९ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन पाइने छ । विदेशमा कार्यरत श्रमिकहरुले भने चैत ९ गतेसम्म मात्रै आवेदन दिन सक्ने छन् ।