हेटौंडा । हेटौंडा–४ बैंकरोडस्थित एनएमबी बैंकको एटीएम फुटाउने प्रयास भएको भएको छ । शनिबार राती २ बजेर २० मिनेटको समयमा एनएमबी बैंकको एटीएम फुटाउने प्रयास भएको हो ।

एटीएम फुटाउने प्रयास गर्ने पहिचान हुन सकेको छैन । सीसीटीभी फुटेजका आधारमा प्रहरीले हुलिया उल्लेख गरेको छ । एटीएम फुटाउन खोज्नेको हुलिया करिब ५ फिट ३ इन्च उचाई भएको, कलेजी कलरको हुक लगाएको, साईडमा सेतो धर्का भएको ट्र्याक र सेतो स्पोर्टस जुत्ता लगाएको प्रहरीले उल्लेख गरेको छ । एटीएमबाट पैसा भने चोरी नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।