काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले फागुन १८ गते विहीबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने २३ गते मंगलबार अन्तिम दिन हो । उक्त दिन कार्यालय समयभित्र आईपीओका लागि इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् ।

कम्पनीले ८०  हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । उक्त कम्पनीको आईपीओ ८ हजार ९५ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गतेदेखि फागुन ८  गतेसम्म आईपीओ बिक्री खुला गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

कम्पनीले नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर बिक्री गरेको हो । १५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

कम्पनीले कूल ९७ लाख रुपियाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।