हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जारी आन्दोलनको कारण आज हेटौँडाका नीजि बैंंकहरु बन्द भएका छन् । चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत व्यवसायीहरुले आज हेटौँडाको बैंक बन्द गराएका हुन् ।

बैंकले ऋण लिएकाहरुलाई थाहा नदिई ब्याजदरमा बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रमहरु गरिरहेको छ । सोहि कार्यक्रम अन्र्तगत आज बैंकको कारोबार ठप्प पारिएको हो ।