काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि २३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलकै कार्यालयमा शुक्रबार बिहान ११ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीको आईपीओका लागि  १५ लाख ३२ हजार ९ सय ७३ जनाले १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपियाँ बराबरको ले १ करोड ६७ लाख ६५ हजार ५० कित्ताका लागि आवेदन दिएको छन् ।

कम्पनीले ८०  हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । उक्त कम्पनीको आईपीओ ८ हजार ९५ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गतेदेखि फागुन ८  गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर बिक्री गरेको हो । १५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

कम्पनीले कूल ९७ लाख रुपियाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।