हेटौंडा । मकवानपुरको मनहरीबाट हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइतेमध्ये उदयपुर कटारीका समिन मियाको अवस्था गम्भीर छ भने ७ जनाको अवस्था मध्यम र ५  जनाको अवस्था सामान्य रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पुर्व-पश्चिम राजमार्ग अन्तरगत मनहरी-६ डिपाटमा चितवनबाट हेटौंडा जाँदै गरेको ना ७ ख १३२६  नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खेतमा खसेको प्रहरीको भनाई छ ।

घाइतेहरूको नाम
१) बस चालक जि.ऊदयपुर कटारी न.पा.बस्ने बर्ष अं.३२/३३ को समिन मिया शरिरको बिभिन्न भगमा चोट अवस्था गम्भिर ।
२) जि.मकवानपुर मनहरी गा.पा.७ बस्ने बर्ष अं.३१ कि रोसनि बर्तौला सामान्य ।
३) ऐ.ऐ.वडा नं.८ बस्ने बर्ष अं.२४ को अर्जुन नेपालि सामान्य ।
४) ऐ.ऐ.बस्ने बर्ष अं.२२ कि सरिता परियार सामान्य ।
५) ऐ.राक्सिराङ गा.पा.६ बस्ने बर्ष अं.७० कि फुल माया तमाङ सामान्य ।
६) ऐ.हे.ऊ.म.न.पा. ५ बस्ने बर्ष अं.४२ कि रिता थापा सामान्य ।
७) ऐ.ऐ. वडा न.८ बस्ने बर्ष अं.२९को राकेस प्याकुरेल मध्यम ।
८) ऐ.ऐ.वडा न. ५ बस्ने बर्ष अं.७५ कि धन देबी थापा मध्यम ।
९) जि.चितवन राप्ति न.पा.१ बस्ने बर्ष अं.४१ कि लक्ष्मि घलान मध्यम ।
१०) ऐ.ऐ.वडा न.२ बस्ने बर्ष अं.३६ कि बबिता लामा धलान मध्यम ।
११) जि.खोटाङ मजुवागडि गा.पा.२ बस्ने बर्ष अं.३२ को दिपेस राई मध्यम ।
१२) जि.बारा कलैया न.पा.१ बस्ने बर्ष अं.२४ को रामपुकार साह कानु मध्यम ।
१३) ऐ.फेटा गा.पा.४ बस्ने बर्ष अं.५६ को बोधनाथ राउत कुर्मि मध्यम ।

प्रष्ट खबरबाट साभार