DCIM101MEDIADJI_0060.JPG

हेटौंडा । आसन्न एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ कर्मचुलीमा रहेको कर्मप्राप्ती माध्यामिक बिद्यालयले बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा उनीहरुलाई बिदाई गरिएको हो ।

एसईई परीक्षामा सफताको शुभकामना दिएर सहभागि हुने विद्यार्थीहरुलाई बिदाई गरिएको प्रध्यानाध्यापक रुद्र दाहाल मदनले बताए । ‘विद्यालयको गरिमा रहनेगरी विद्यार्थीहरुले सधैं सफलता प्राप्त गरेका छन्, यो पालि पनि विद्यालय र आफ्नो दुवैको लागि थप मेहनत गर्न प्रेरणा प्रदान गरेर बिदाई गरियो’ दाहालले भने ‘फेरी भेट्ने गरी विद्यार्थी भाईबहिनी परीक्षाको तयारीमा लाग्नेछन् ।’ यो बर्ष एईईमा सहभागि हुने ७१ जना विद्यार्थीको बिदाई गरिएको हो ।

बाल क्लव उपाध्यक्ष रोजी भोम्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षक/शिक्षिका सिता खनाल, विश्वराज मोक्तान, शुक्र बिश्वकर्मा, एवं बिद्यार्थीहरु क्रमश श्रृष्टि दलार्मी, सरोज भोम्जन, अस्मिता वाईवा लगायतकाले बोलेका थिए । साँस्कृतिक कार्यक्रम सहित बिदाई कार्यक्रम गरिएको शिक्षक कृष्ण घतानीले जानकारी दिए । यस बिद्यालयमा तामाङ, माझी, मगर, दलित समुदायका विपन्न बिद्यार्थीहरु अध्ययन गर्ने गरेका छन ।