हेटौंडा । बकैया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष राजन दंगालले जनहितमा सधैं लागि रहने बताएका छन । उनले अनिरुद्र खबर संग कुराकानी गर्दै वडावासीको सेवामा सधैं तत्लीन रहेको बताए ।

आम जनतालाई सेवा दिनका लागि दिनरात नभनी खटेर काम गरिरहेको उनको भनाइ छ । वडा कार्यालय आउँदा जनताले दुःख नपाईकन सहज रुपमा काम गरेर फर्कने वातावरणको सिर्जन गरेको बताए । बकैया गाउँपालिका ठुलो पालिका मध्ये एक भएको बताउँदै उनले १२ वटा वडा मध्ये ४ नं. जनसंख्याको आधारमा दोश्रो ठुलो वडा भएको बताए । हाम्रो वडामा धेरै जनघनत्व छ, प्राथमिकताको आधारमा हामीले काम गर्दै आईरहेका छौं–उनले भने ।

वडावासीको आवश्यकता पुरा गर्न सबैको सल्लाह, सुझाव लिएर काम गरिरहेको उनले जानकारी दिए । वडाको सबै ठाउँमा कच्ची सडक पु¥याउन सफल भएको बताउँदै उनले बिस्तारै सबै सडकहरुलाई पक्की बनाउने बताए । वडामा रहेका बिद्यालयको वडा स्तरीय समिति निर्माण गरेर शिक्षाको विकासका लागि काम गरिरहेको उनको भनाई छ । उनले जाडोको समयमा बिद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरिएको जानकारी दिए ।

बकैया गाउँपालिकाको आधारभूत अस्पताल समेत यसै वडामा रहेको छ । आधारभूत अस्पताललाई १५ शैयाको अस्पतालको रुपमा विकास गर्ने गरि काम भईरहेको उनले जानकारी दिए । अघिल्लो कार्यकाल पनि उनी वडा अध्यक्षका रुपमा निर्वाचित भएका थिए ।