हेटौंडा । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बकैयामा कृषि क्रान्तिका लागि अवलोकन भ्रमणमा गएको बताएका छन । अनिरुद्र खबर संग कुराकानी गर्दै कृषिजन्य उत्पादनहरु आयात गरेर जिविको पार्जन गर्ने होइन, निर्यात गरेर अर्थोपार्जन गरि कृषि बाट नै बकैया गाउँपालिकालाई समृद्ध बनाउने एक मात्रै अर्जुन दृष्टि रहेको बताए ।

दुध कहाँबाट आउछ भन्ने प्रश्न गर्दा प्याकेटको जवाफ दिने र धान रुखमा फल्छ भन्नेहरुले आफ्नो बिरोध गरेपनि समग्र बकैयाका कृषकहरुको आफुमाथि भरोसा रहेको र सो भरोसा कायम राख्न बकैयाको हरेक किसानको मुहारमा खुसी ल्याउनैका लागि आफु दिनरात खटिरहेको उनले बताए ।

वडाअध्यक्षहरु संगै केही कर्मचारी समेत भारत भ्रमणमा लग्नुको औचित्य खुलाउँदै उनले भने कृषि क्रान्तिको मिसन पुरा गर्न सबै कार्यपालिका सदस्यहरु तथा पालिकाकाका सम्पूर्ण कर्मचारीहरुको समेत प्राथमिकतामा कृषिलाई पारेर सबै एकजुट भई अघि बढ्नुपर्ने भएकाले बकैया गाउँपालिकाका हरेक एकलाई कृषिको बारेमा बुझाई अत्याधुनिक प्रबिधिहरु भित्र्याई कृषि क्रान्ति संभव बनाउन आफु खटिरहेको पालिका अध्यक्ष लामिछानेले बताए ।