हेटौंडा । हेटौंडा–१६, हटियास्थित हटिया–जनप्रिय बहुमुखी क्याम्पसमा विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीले जित हाँसिल गरेको छ ।

एमाले, नेकपा समाजवादी तथा विप्लवको गठवन्धनबाट उम्मेद्वार बनेकी अनेरास्ववियु क्रान्तिकारी मुना गोले सभापतिमा विजयी भएकि छिन् । गोलेले २७ मत प्राप्त गरेकि छिन् । नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीसहितको गठबन्धनलाई पराजित गर्दै गोले विजयी भएकी हुन् ।

बाँकी सबै पदमा पनि एमाले–एकीकृत समाजवादीविप्लव गठबन्धनले नै जीत हासिल गरेको छ । जसअनुसार सचिवमा पुष्पा बास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल विजयी हुँदा सदस्यहरुमा मेनुका दाहाल, पवित्रा अधिकारी तथा विनिता तिमल्सिना निर्वाचित भएका छन् ।