हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर हेटौंडाको प्रमुखका रुपमा प्रहरी निरीक्षक वसन्त आचार्यले आजदेखि कार्यभार सम्हालेका छन ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापा हेटौंडाबाट सरुवा भई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय गएपछि आजदेखि आचार्यले कार्यभार सम्हालेका हुन । २०७२ सालबाट प्रहरी निरिक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका आचार्य यसअघि अनुसन्धान ब्यूरोमा कार्यरत रहेका थिए ।

जिल्लाको वस्तुस्थितीबारे जानकारी लिएर ट्राफिक व्यवस्थापन गर्ने आचार्यले बताए । उनले पार्किङ व्यवस्थापन, ओभरलोड, दुर्घटना न्यूनिकरण लगायतका बिषयमा सरोकारवाला निकायसंग छलफल गरि आवश्यक काम गर्ने बताए । उनले हेटौंडा बजार क्षेत्रमा सीसीटिभी क्यामेराको जडान तथा यसको व्यवस्थापनका बिषयमा पनि सरोकारवाला निकायसंग छलफल गरि प्रदेश राजधानीलाई व्यवस्थित गर्नका लागि आवश्यक समन्वय र काम गर्ने बताए ।