हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा.सुरेन्द्र शेरचन नियुक्त भएका छन । शिक्षाध्यक्ष शेरचनले आजदेखि कार्यभार सम्हालेका हुन । शेरचन गोदावरी नगरपालिका वडा नं. १४ ठैव ललितपुर निवासी हुन् ।प्रा. डा. शेरचन मानसिक रोग विशेषज्ञ पनि हुन ।

यसअघिका शिक्षाध्यक्ष सतिस कुमार देवः ले फागुन १ गते राजिनामा दिएपछि रिक्त रहेको पदमा शेरचन नियुक्त भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी अमर सिंह अधिकारीले जानकारी दिए । उपकुलपतिको सिफारिसमा सह कुलपतिले नियुक्ती गर्ने व्यवस्था रहे अनुसार मुख्य कुलपतिको परामर्शमा शिक्षाध्यक्षमा शेरचनलाई नियुक्त गरिएको उनले जानकारी दिए ।