हेटौंडा । हेटौंडा –६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाद्वारा आयोजित ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । सहकारी संस्थाको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको हो ।

विभिन्न कृषि सहकारी संस्थाहरुले गरेका कार्यहरु र देशका विभिन्न स्थानहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको हो । भ्रमण दलका सहभागीहरुले काभ्रे जिल्लामा रहको मध्यमार्ग कृषि सहकारी संस्था, दोलखामा रहेको ऐतिहासिक धार्मिक स्थल कालिञ्चोक भगवती, भीमेश्वर महादेव, सिन्धुलीमा रहेको गौमाता गाई फर्मको अवलोकन गरेको संस्था अध्यक्ष भरत सापकोटाले बताए ।

भ्रमण फलदायी रहेको र भ्रमणले आफूलाई केहि गरौ भन्ने भावना जागृति गराएको भ्रमणमा सहभागि रामकुमारी देवकोटाले बताईन । शिक्षा उपसमितिका संयोजक रुपेश दुलालको नेतृत्वमा गएको टोलीमा १३ महिला सहित २८ जनाको सहभागिता रहेको थियो । आफनै सुविधा सम्पन्न भवन रहेको सहकारीमा ३ सय ५० जना शेयर सदस्य रहेका छन भने संस्थाको कुल पूँजी करिव ३ करोड रहेको ब्यवस्थापक गोमा लामिछानेले बताईन ।

भीमसेन पौडेल
थप जानकारी