हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाललाई पत्नि शोक परेको छ । उनकी धर्मपत्नी ५३ वर्षीया कृष्ण कुमारी गुप्ता अग्रवालको मंगलबार दिउँसो मृत्यु भएको हो ।

कृष्ण कुमारीको मुटुमा समस्या देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारतका लागिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनी पछिल्लो समय राजनीतिमा समेत सक्रिय देखिएकी थिइन् । उनी नेपाली कांग्रेसबाट प्रदेशतर्फ समानुपातिकमा समेत परेकी थिइन् ।

उनको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । गुप्ताको एक छोरा र तीन छोरी छन् ।