

हेटाैडा । नेपाली कांग्रेसले बागती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा बसेको नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले पनि मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो । बुधबारको वाग्मती प्रदेश संसदीय दलको बैठकले प्रदेश समिति बैठकले गरेको निर्णयको आधारमा मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत लिनका लागि बुधबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस्