हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईले वडावासीको सेवामा सधैं हाजिर रहेको बताएका छन । उनले वडा कार्यालयमार्फत वडावासीलाई दिने सेवासुबिधा सहज तरिकाले उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताए ।

उनले निर्वाचनका बेला वडावासीसंग गरेको प्रतिवद्धताहरु पुरा गर्दै वडाको विकासमा लागि निरन्तर समन्वय, सहकार्य र काम गरिरहेको बताए । दिनरात नभनी कुनैपनि समय वडावासीको सेवामा खटिरहेको उनले बताए ।

उत्तरी बकैयाको विकासका लागि पर्यटनलाई मुख्य कडी बनाउने उनको भनाई छ । भिमफेदी र बकैया संग जोडिएको धार्मिक क्षेत्र लटरम्मेश्वर महादेव मन्दिर क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न पालिका तथा वडाबाट सक्दो पहल गर्ने बताए । मकवानपुरकै शानको रुपमा रहेको लटरम्मेश्वर महादेवको विकासका लागि मन्दिर जाने स्थानमा पालिका स्तरबाटै मोटर बाटो, सिडीको व्यवस्थापन गर्ने योजनामा लागिरहेको बताए । वडामा शिक्षाको विकास गर्न सबै बिद्यालयका प्रध्यानाध्यापकहरु बोलाएर त्यहाँका समस्या र आवश्यकताको पहिचान गरेर समस्या समाधान गर्ने बताए । स्वास्थ्यमा सुधार गर्न कोलखोपमा खोपकेन्द्र बनाएर वडावासीलाई सेवा दिने तयारीमा वडाकार्यालय रहेको जानकारी दिए ।

बकैया गाउँपालिकाको वडाहरु मध्ये दुरदराजमा रहेको यसवडा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद लगायतका क्षेत्रमा पछाडि परेकाले यसको विकास गर्न पालिका र सरोकारवाला निकायसंग समन्वय, सहकार्य गरेर अगाडि बढ्ने योजना सहित काम गरिरहेको जानकारी दिए । बकैया गाउँपालिकाको वडा नं १२ साबिकको ठिंगन गा.बि.स. को ३,४,,६,७,८ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो ।