हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१३ स्थित लुङ्बा टोलको ३१ वर्षीय साजन थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । बिहिवार बिहान ९ बजेको समयमा हिडिरहेको अवस्थामा थिङलाई नियन्त्रणमा लिई सुरक्षाजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध नोरफिन ४ एम्पुल, फेनारगन ४ एम्पुल, डाईजेपाम ४ एम्पुल फेला पारेको प्रहरीले जनाएकोे छ ।

लागुऔषधसहित थिङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रवक्ता कार्कीले बताए ।