हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ माविकी प्रकृित अर्याल प्रथम भएकी छिन ।

शनिवार समूहको सभाहलमा सम्पन्न भएको सामुदायिक माध्यमिक विद्यालय स्तरीय लोपोन्मुख सालक संरक्षणमा सामुदायिक वन समूहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा अर्याल प्रथम भएकी हुन । चण्डीमा माविकी मल्लिका पुडासैनी द्धितिय र भानु माविकी मनिषा अधिकारी तृतिय भएकी छिन ।

समूहको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक गोमा लामिछानेले जानकारी दिइन । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार र प्रमाण पत्र, द्धितिय हुनेलाई नगद ४ हजार र प्रमाण पत्र र तृतिय हुनेलाई नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष केशव धितालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, सामुदायिकक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नेपाल पत्रकार महासंघ, बागतमी प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, सव डिभिजन वन कार्यलय, हेटोडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ, फरेष्टर यदु कुमार घिमिरे, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, सुनौलो आयआर्जन समूहकी अध्यक्ष पवित्रा रुम्वा, उन्नती आयआर्जन समुहकी अध्यक्ष विमला कुमारी दंगाल, लगनशिल आयआर्जन समुहकी अध्यक्ष जोगमाया राई, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँ, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, कार्यसमितिका पदाधिकारी, लेखा समिति, सल्लाहकार, कर्मचारी, उपभोक्ता समेतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा सुनिल शिवाकोटी र शत्रुघन दुलाल रहेका थिए । समूहले प्रत्येक वर्ष सालक संरक्षण सम्वन्धि विद्यालय स्तरमा कार्यक्रम गर्दै आएको कार्यालय सचिव भीमसेन पौडेलले बताए । वन समूहले २०६२ सालदेखि सालकको संरक्षण गर्दै आएको छ भने समूहको क्षेत्रभित्र करिव ५० वटा सालक रहेको समूहले जनाएको छ ।

भीमसेन पौडेल
थप जानकारी