काठमाडौं । नेपाल राष्ट्र बैंकले विसं. २०८० का लागि शनिबार बाहेकको बैंक बिदाको सूची सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले आज उक्त सूची सार्वजनिक गरेको हो । विभिन्न ३५ प्रकारका बिदाको सूची प्रकाशत गरिएको हो ।

कार्यालय समय बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान ११ बजेदेखि ५ बजेसम्म कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि ४ बजेसम्म रहने छ । प्रत्येक शुक्रबार बिहान १० देखि १ः३० बजेसम्म कार्यालय समय निर्धारण गरिएको हो ।

यता बैंकिङ कारोबार समय भने बैंशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० देखि ४ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ । शुक्रबार बिहान १० देखि १२ः३० बजेसम्म् बैंकिङ कारोबार समय तय गरिएको राष्ट्र बैंकको सूचीमा उल्लेख छ ।