हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–२ कालिखोलाको एक घरमा आगलागी भएको छ ।

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कुल बहादुरस्याङतानको कच्ची घरमा आगलागी हुँदा घर पुर्ण रुपमा क्षति भएको हो ।

घरमा रहेका लत्ताकपडा, अन्नपात समेत नष्ट भएको छ । घर जल्दा भाग्नेक्रममा ७० वर्षिय आईत सिं स्याङतान सामान्य घाईते भई उपचारर्थ स्वाथ्य केन्द्र शिवराई गाउँ लगिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको र आगलागी बाट घर,अन्नपात, भाडा, सुन, चादी, नगद क्षति भएको प्रहरीले जनाएको छ ।