हेटौंडा । नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमती गाउँपालिकाले आगलागी पीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–२ कालिखोलाका कुल बहादुर स्याङतानको घरमै पुगेर सहयोग गरिएको हो । गाउँपालिकाले नगद १० हजार रुपियाँ तथा खाद्यान्न, लत्ताकपडा नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमतीले सहयोग गरेको थियो ।

बागमती गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमती गाउँपालिका सभापति इन्द्र मणी तिमल्सिना (केशव), बागमती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष यहुना राई, वडा नं. २ का वडा अध्यक्ष जनक बहादुर पहरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमती गाउँपालिका कोषाध्यक्ष शंकर कुमार पराजुली, सचिव धनपति तिमल्सिना, बागमती गाउँपालिका समन्वय समिति सदस्य खड्ग बहादुर पुलामी लगायतकाले आगलागी पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

आगलागीबाट करिव १५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । स्याङतानको कच्ची घरमा आगलागी हुँदा घर पुर्ण रुपमा क्षति भएको थियो । सामाजिक सुरक्षा वापत जम्मा गरेको करिव चार लाख नगद, एक लाख बराबरको सुन, लत्ताकपडा, अन्नपात, भाडा, क्षति भएको प्रहरीले जनाएको छ ।