हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर मार्खुमा रहेको ईन्द्र सरोवर तालमा डुवेका एक युवक वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा काठमाडौं छैमलेका ३३ बर्षीय राजकुमार सुवेदी रहेका छन् । सुवेदी स्थानीयले चलाएको डुंगा चढेकोमा ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छोडि तालमा हाम फालेर वेपत्ता भएको सूचना प्राप्त भएपछि उद्धारका लागि प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार बेलुका अबेरसम्म सुवेदी फेला नपरेपछि थप उद्धारका लागि नेपाली सेनासंग समन्वय गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।