हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौंडाको दोश्रो स्थानीय अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनको बन्दसत्रले शम्भु प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा महत, सचिवमा नानीमाया रुम्वा र कोषाध्यक्षमा कल्पना कुमारी मगर चयन भएका छन । जिल्ला प्रतिनिधिमा पुरुष तर्फ साधुराम चौलागाई, झलक भुजेल र कृष्ण बहादुर अधिकारी र महिला तर्फ निर्मला न्यौपाने, रमा गोले र लक्ष्मी गौतम चयन भएका छन ।

यसैगरि प्रदेश प्रतिनिधिमा पुरुष तर्फ रामहरि चौलागाई, उत्तम प्रसाद पौडेल, केशव प्रसाद न्यौपाने र महिला तर्फ आरती पाठक, चन्द्रादेवी विक र कल्पना थापा मगर चयन भएका छन ।

अधिवेशन सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको थियो ।

अधिवेशनमा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका कोषाध्यक्ष निर्मला न्यौपाने, सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, अधिवेशन प्रतिनिधीहरुको सहभागिता थियो । अधिवेशनमा हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका ४८ वटा सामुदायिक वनका प्रतिनिहिरुको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी