हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, ईन्द्रसरोवरको दोश्रो स्थानीय अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको बन्दसत्रले सावित्री गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लिलिमाया भ्लोन सचिवमा राम बहादुर विष्ट र कोषाध्यक्षमा एकन बहादुर थोकर चयन भएका छन ।

जिल्ला प्रतिनिधिमा महिला तर्फ सावित्री गौतम, कान्छी गोले र लिलिमाया भ्लोन पुरुष तर्फ राम बहादुर विष्ट, सानुकान्छा थोकर र एकन बहादुर गोले चयन भएका छन । प्रदेश प्रतिनिधी महिला तर्फ सावित्री गौतम, कान्छी गोले र लिलिमाया भ्लोन र पुरुष तर्फ राम बहादुर विष्ट, सानुकान्छा थोकर र एकन बहादुर गोले चयन भएका छन ।

अधिवेशनको उदघाटन गर्दै ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले सामुदायिक वनले वनको संरक्षण गरेकै कारण वातावरण स्वच्छ भएको बताए । सामुदायिक वनको संस्थागत विकासमा गाउँपालिकाले सहयोग गर्ने बताउदै अध्यक्ष पुडासैनीले भने अव सामुदायिक वन समूहले वनक्षेत्र भित्र रहेका जडीबुटीहरुको उपयोगमा ध्यान दिनु पर्छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले सामुदायिक वनले आयआर्जन हुने काम गर्नु पर्ने बताउदै गाउँपालिकाले फलफूल खेती गर्न सामुदायिक वन समूहलाई सहयोग गर्ने बताईन ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय, ईन्द्रसरोवरका प्रमुख जियालाल यादव, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, महासंघकी सहजकर्ता सन्ध्या शिवाकोटी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसने पौडेल, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।