हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–७ कोगटेमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोगटे बस्ने ६० वर्षीय भिम बहादुर सारु मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । बिहिबार साँझ ६ बजेको समयमा ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याकटरको ढालाबाट खसेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मगरको शव शुक्रबार बिहान ३ बजेर ३० मिनेटको समयमा परिवारले बुझेको छ । ट्याक्टर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।