वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशि भएका व्यक्तिहरू का लागि २०८० साल मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नदेला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनसक्छ, तर भौतिक सुखमा बढोत्तरी भने हुनेछ । वर्षको उत्तरार्धमा भने बढी राम्रो हुनेछ । बृहस्पति र शनिको ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए अधिक शुभ फल मिल्ने निश्चित छ ।

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ, तर वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । वैदेशिक कार्यको व्यवसायबाट बढी लाभ लिन सकिनेछ । शेयर बजारमा गरेको लगानीले भने त्यति साथ नदेला । धातु र मेसिनरी वस्तुमा गरेको लगानी कमजोर रहला । नगद सापटी लिनेहरू पनि टाढिन सक्छन् । व्यवसायीक दृष्टिले श्रावण, कार्तिक माघ र चैत्र पुष महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष दाम्पत्य जीवनमा दाम्पत्य जीवन तथा प्रेमी / प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन ।

शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । सोध, गणित र व्यवस्थापन विषयका विद्यार्थीहरू बढी लाभ हुनसक्छन् । इन्जिनियरिङ् र स्वास्थ्य विषयका विद्यार्थीहरूलाई भने विशेष कमजोर रहनेछ । भाद्र र पुष महिनामा रोकिएको परीक्षा उत्तीर्ण गर्न सकिएला ।

पेशा/रोजगार
पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ र अबजस आइलाग्न सक्छ । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताले असमर्थता पनि जनाउन सक्छन् । कल कारखाना र व्यापार व्यवसायमा पनि खासै राम्रो हुनेछैन । पत्रकारिता र वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुने देखिन्छ ।

स्वास्थ्य
यो वर्षमा स्वास्थ्यमा आफूलाई या घर परिवारको स्वास्थ्य, औषध र उपचारमा धन खर्च हुनसक्छ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्नेछ साथै आहार विहार प्रति सजगता अपनाउनु जरूरी छ ।

शुभ रङ्ग
सेतो, गुलाबी, निलो, र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ६ र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शनिवार दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बिहीवार पहेँलो पहिरनले बढी राम्रो हुन्छ । बृहस्पति, शनि र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ । आफ्नो जन्म दिनमा अशक्तलाई साथ, सहयोग सहित भोजन गराउनाले ग्रह पीडा कम भई अधिक शुभ फल मिल्नेछ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

साभारः हाम्रो पात्रो