File photo
File photo

हेटौंडा । जंगलमा लागेको डढेलो गाउँसम्म पुग्दा मकवानपुरको बकैया गाउँपालिका वडा नंं ६ ठुलो ज्यामिरेमा दुई घर जलेर नष्ट भएको छ । डढेलो गाउँसम्म पुग्दा बकैया–६ ठुलो ज्यामिरेकी ६५ बर्षिय दुर्गा माया भोलन र ६२ बर्षिय लाल बहादुर लोको घर जलेरको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज दिउँसो साढे दुईबजे आगलागी हुँदा भोलनको घर, गोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा चौपाय ७ वटा बाख्रा, कुखुरा १२ वटा जलेको प्रहरीले जनाएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा,भाडाबर्तन,घर,गोठ,काठ,नगद,पुरानो सिक्का गरी करिव ७ लाख ५० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै सोही स्थानका लोको खरले छाएको काठले बनेको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलि नष्ट भएका भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा,भाडाबर्तन,घर,काठ गरि करिव २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।