हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ खरिवाङमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

आज दिउँसो एक बजे मनहरी–६ खरिवाङका राज कुमार मोक्तानको दुई वटा घर र सोही स्थानका कुल बहादुर मोक्तानको एक वटा घर काठ, ढुङ्गा,माटो र जस्ताले बनेको २ तले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घर तथा लत्ताकपडा, अन्नपात भाडा बर्तन, गर–गहना, ३० वटा कुखुरा र एक लाख नगद समेत गरी अन्दाजी १५÷१६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगोलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।