हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारका एकजना कैदीबन्दीको बुधबार मृत्यु भएको छ।

मकवानपुको मनहरी गाउँपालिका– ६ लोथरका ३५ वर्षीय समीर परियारको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका परियार एक्कासि बेहोस भएर ढलेका थिए।

परियारलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।