file photo

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा चट्याङ लागेर चारवटा पशुचौपाया मरेका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुर गढी गाउँपालिका–३ घोप्टेका मदन सापकोटाको गोठमा चट्याङ पर्दा खसी÷बाख्रा गरी ४ वटा चौपाया मरेका हुन । प्रहरीका अनुसार पशुचौपायको मृत्यु हुँदा अन्दाजी ६५ हजार बराबरको क्षती भएको हो ।