हेटौंडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना भएको छ । मनहरी गाउँपालिका वडा नं. ९ खरंगा स्थित पुर्व– पश्चिम सडकखण्डमा चितवनबाट हेटांैडा तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ४०३० न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५२२१ न.को ट्रक एक–आपसमा ठक्कर खादा मोटरसाइकल चालक चितवन राप्ती नगरपालिका–८ बस्ने बर्ष ४७ बर्षिय रामशरण उप्रेती घाइते भएका हुन ।

उनको हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचार पश्चात थप उपचारको लागी भरतपुर चितवन रिफर गरिएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।