हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी फापरवारी उपशाखा नयाँ कार्यसमिति चयन गरिएको छ । दुई बर्षे कार्यकालका लागि शंकरकुमार पराजुलीको सभापतित्वमा ११ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

फापरवारी उपशाखाको उपसभापतिमा भगवती मासी, सचिवमा मनोज नेगी, कोषाध्यक्षमा लिला कुमार आले, उपसचिवमा पुण्य प्रसाद सापकोटा, कोषाध्यक्षमा शेरबहादुर थोकर सर्वसम्वत चयन भएका हुन ।

उपशाखाको सदस्यहरुमा क्रमश धनमाया स्याङतान (थिङ), लिलाराज शर्मा सापकोटा, बालकुमार तिमल्सिना, रबिन आलेमगर, प्रेमबहादुर पुलामी चयन भएको निर्वाचन अधिकारी रामजी सापकोटाले जानकारी दिए ।