हेटौंडा । हेटौंडा–६ मा रहेको अन्तिम संस्कार सहयोग समितिको वार्षिक साधारणसभा अधिवेशन शनिवार सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले तारानाथ ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा केशव प्रसाद कोईराला, सचिवमा गंगा , कोषाध्यक्षमा मदन न्यौपाने चयन भएका छन । यसैगरि सदस्यहरुमा दक्षु सुवेदी, लक्ष्मण चौलागाई, पवित्रा रुम्बा, कमला आचार्य, नेत्रप्रसाद चौलागाई, नारायण प्रसाद लामिछाने र लक्ष्मण खनाल चयन भएका छन ।

सल्लाहकारमा रामकुमार श्रेष्ठ, खडानन्द चौलागाई, राजेन्द्र प्रसाद चौलागाई, विजय कुमार हुमागाई र चित्र कुमार दुलाल सल्लाहकार चयन भएका छन । साधारणसभामा खडानन्द चौलागाई, सूर्यप्रसाद दुलाल, हरिप्रसाद पौडेल, भीमसेन पौडेल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

साधारणसभामा समितिका सचिव राजेन्द्र प्रसाद चौलागाईले प्रस्तुत गर्नु भएको अन्तिम संस्कार सहयोग समितिको कार्यविधि २०८० सर्वसम्मत पारित गरेको छ । रक्षादेवी, दिव्यनगर र प्रभातकालीन टोल विकास समिति मिलेर गठन भएको समितिमा १ सय ६५ घरधुरी आवद्ध भएका छन । साधारणसभा समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

भीमसेन पौडेल
थप जानकारी