हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको छैठौ जिल्ला अधिवेशन आईतवार हेटौंडामा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम जिल्ला अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा अधिवेशन भएको हो ।

अधिवेशनमा जिल्ला अध्यक्ष साधुराम चौलागाईले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष बलराम अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

अधिवेशनको बन्दसत्रले पुनः साधुराम चौलागाईको अध्यक्षतामा २५ सदस्यीय सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर जिल्ला कार्यसमिति सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा ठूलीमाया मुक्तान, सचिवमा निर्मला न्यौपाने र कोषाध्यक्षमा बलराम अधिकारी चयन भएका छन । लेखा समितिको संयोजकमा राधिका तिमल्सिना र न्यायिक तथा अनुगमन समितिको संयोजकमा हेमलाल अर्याल चयन भएका छन ।

कार्यक्रममा विभिन्न कार्यक्रमहरुको संयोजन गरि महासंघलाई सहयोग गर्ने केन्द्रीय अध्यक्ष भारती पाठक, महासंघले गरेका विभिन्न गतिविधिहरुलाई जनता सम्म पुरयाउन महत्वपूर्ण योगदान गर्ने समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ र सञ्चारकर्मी भीमसेन पौडेललाई सम्मानित गरिएको थियो ।

यसैगरि आयआर्जनमा उत्कृष्ठ कार्य गर्ने पिप्लेपोखरा सामुदायिक वन हेटौडा–५ बुङदल सामुदायिक वन मकवानपुरगढी–५ र पशुपति सामुदायिक वन मनहरी, महासंघलाई आर्थिक सहयोग गर्ने पञ्चकन्या सामुदायिक वन, हेटौडा–१८, महासंघकी निवर्तमान अध्यक्ष पञ्चमाया स्याङतान, उत्कृष्ठ स्थानीय महासंघमा मकवानपुरगढीलाई सम्मानित गरिएको थियो ।

अधिवेशनमा जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलान, फेकोफन केन्द्रीय सदस्य शान्ता न्यौपान फेकोफन बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा, कोषाध्यक्ष निर्मला न्यौपाने, सचिवालय सदस्य रामहरि चौलागाई, १० वटै स्थानीय महासंघका अध्यक्ष, जिल्ला प्रतिनिधि लगायतको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी