हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.३ सरिखेतस्थित एक घरबाट ७८ किलो लागुऔषध गाँजा बरामद भएको छ ।

स्थानीय ३४ वर्षीय राम कुमार राना मगरको घरबाट ६ वटा बोराबाट ७८ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोली शनिबार साँझ ७ बजे मगरको घरभित्र बोरामा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । सो गाँजा सहित राम कुमार राना मगरलाई नियन्त्रणमा लिइएको प्रवक्ता कार्कीले बताए । उनीमाथि अनुसन्धान भइरहेको कार्कीले बताए ।