हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ गौरीटारमा डाफेँ युवा क्लवले ३८ औं स्थापना दिवसको अवसरमा खेल मैदान उदघाटन तथा चियापन कार्यक्रम गरेको छ ।

क्लवका अध्यक्ष दीपक तिवारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शुक्रबार ब्याडमिन्टन खेल मैदान उदघाटन तथा चियापान कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता बानियाँले लामो ईतिहास बोकेको क्लवले युवाहरुलाई समेटेर खेलकुदको क्षेत्रमा गर्ने हरेक कार्यमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारबाट समेत भवन निर्माणलगायत खेलाडी प्रोत्साहनमा सहयोग गर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सदस्य कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा ६ का वडाअध्यक्ष विष्णुप्रसाद दाहाल, क्लवका प्रुव अध्यक्ष गुञ्जनबहादुर न्यौपाने, संस्थापक अध्यक्ष नरेन्द्र कुमार क्षेत्री, नारायणी यातायात ब्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्लवको ३८ औं स्थापना दिवसमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियोे ।