हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सबै संस्थाहरुले उत्पादनमा जोड दिनु पर्ने बताएकी छिन । हेटौंडा–६, चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको १९ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै मन्त्री मोक्तानले उत्पादनको माध्यमबाट देशलाई समृद्धि बनाउन सकिनेमा जोड थियो । महिलाहरुले उद्यमशिलतामा समेत काम गर्नु पर्ने बताउँदै उनले अव सामुहिक खेतीको समेत महिलाहरुले अभ्यास गर्नुपर्ने बताइन् ।

साधारणसभामा जेष्ठ सदस्य हिरादेवी दहाल, नियमति बचतकर्ता ठूलीमाया दमाई, सुनमाया भोमजन, असली कारोवारी सुधा दंगाललाई पुरस्कृत गरिएको थियो । यसैगरि संस्थालाई भौतिक सामाग्री सहयोग गर्ने प्रमेश कुमार पराजुली, भीमसेन पौडेल, गौरब कुमार पारजुली, मधु कुमार दंगाल र बलराम दाहाललाई सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाकी अध्यक्ष बनारसी उप्रेतीले संस्थागत प्रतिवेदन, सचिव सावित्री तिमल्सिनाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोजिना तिमल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाकी अध्यक्ष बनारसी उप्रेतीको सभाध्यक्षतामा भएको साधारणसभामा नारी चेतना सहकारीकी अध्यक्ष राधिका गौतम, कामधेनु बहुउद्धेश्यीय सहकारीका सञ्चालक सदस्य केशव धिताल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी ब्यवस्थापक रिता फुयाल, संस्थाका सञ्चारकर्मी भीमसेन पौडेल, सल्लाहकार प्रमेश कुमार पराजुली, उपाध्यक्ष गायत्री घिमिरे, ब्यवस्थापक कल्पना पराजुली लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

भीमसेन पौडेल
थप जानकारी