हेटौंडा । हेटौंडा–२ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं स्थापना दिवस विविध कार्यक्रमको गरेर मनाएको छ । जेठ १० गतेदेखि १४ गतेसम्म संस्थाले विविध कार्यक्रम गरेको हो ।

संस्थाका कोषाध्यक्ष सिताराम दाहालका अनुसार स्थापना दिवसको अवसरमा धुप बनाउने तालिम, पशुपालन तालिम, बिद्यार्थीलाई व्याग वितरण, स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति र समिक्षा कार्यक्रम गरिएको थियो ।

५६ जना महिलालाई धुप बनाउने तालिम र ३० जनालाई पशुपालन तालिम प्रदान गरिएको थियो भने बकैया गाउँपालिका वडा नं. ४ गरगरे सेवा केन्द्रमा संचालन गरिएको स्वास्थ्य शिविर कार्यक्रम ३०९ जनाले स्वास्थ्य सेवा लिएको दाहालले बताए । रक्तदान कार्यक्रम तथा बार्षिक लक्ष्य प्रगति समिक्षा र आगामी वर्षको लागि योजना तर्जुमा कार्यक्रम पनि संचालन गरिएको थियो । त्यस्तै लक्ष्मी आधारमूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ५० थान व्याग वितरण गरिएको थियो । त्यस्तै हातेमालो छात्रबृति कार्यक्रम अन्र्तगत शेयर सदस्यका छोराछोरीलाई नगद १५ हजार रुपियाको छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

बागमती प्रदेश सहकारी कार्यालयका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवं हातेमालो साकोसका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । संस्थाका सचिव केशव धितालले संचालन गरेको कार्यक्रम व्यवस्थापक रमला सापकोटाले सहजिकरण गरेकी थिइन ।