हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ मा एक पुरुष मृत भेटिएका छन् ।

मनकामना जाने बाटोको जंङगलमा पहिचान खुल्न नसकेको अन्दाजी ३५/४० वर्षीय पुरुषको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको मुचुल्का लगायत अन्य अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरको टोली पुगेको थियो ।

शव सनाखतको प्रयास र अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।