हेटौंडा । मकवानपुरमा अत्यधिक गर्मी बढेपछि बागमती गाउँपालिका ८ नं वडाले तीन दिन विद्यालय बन्द गर्ने भएको छ ।

वडाले आज सूचना जारी गर्दैं यहि जेठ २२, २३ र २४ सम्म विद्यालय बन्द रहने जनाएको छ । ८ नं वडामा रहेका सामुदायिक तथा नीजि विद्यालय बन्द गर्ने निर्णय गरेको वडा अध्यक्ष इन्द्रमणि तिमल्सिनाले जानकारी दिए । बर्षे विदामा मिलान हुनेगरी सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।