

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा विहीवार एकजना महिलाको शव फेला परेको छ ।
भीमफेदी–८, माण्डुस्थित बागमती खोलामा ३५/४० बर्षकी महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी दिएको छ । मंगोलियन अनुहार जस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसअघि साउन २७ गते पनि सोही स्थानमा एक पुरुष र साउन २१ गते अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्