हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा बसले साइकल यात्रीलाई ठक्कर दिएको छ ।
आईतबार बिहान वीरगञ्जबाट पोखरातर्फ जादै गरेको ग १ ख ५०३९ नम्बरको यात्रु बोकेको बसले भित्रि सडकखण्डबाट हाईवे निस्किने क्रममा साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसको ठक्करबाट साइकल यात्री हेटौडा–११ सिमलटार बुद्धचोक बस्ने १४ वर्षीय नवराज खुलाल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेकोले हेटौंडा अस्पतालबाट थप उपचारका लागि भतरपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्