हेटौंडा । पूर्व कर्मचारी सेवा परिषद्, नेपालको बागमती प्रदेश अध्यक्षमा तीर्थराज पराजुली चयन भएका छन ।
परिषद्को उपाध्यक्षमा श्यामप्रसाद सुबेदी, सचिवमा गोविन्दप्रसाद प्याकुरेल, कोषाध्यक्षमा ललिता ठिके श्रेष्ठ र सह–सचिवःबालमुकन्द ढकाल चयन भएका हुन । परिषद्को सदस्यहरुमा क्रमशः ईश्वरप्रसाद ढकाल, गिरिजाकुमारी खड्का, रामआधार पाण्डे, बिष्णुप्रसाद पौडेल, केशवप्रसाद ढ़ोडरी र मधुबिक्रम मिश्र चयन भएका हुन ।
बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष बालकृष्ण प्रसाई लगायतकाको सहभागिता रहेको थियो ।
त्यस्तै राष्ट्र हितमा पूर्व राष्ट्रसेवकहरुको ज्ञान,सिप र अनुभवको उपयोग सम्बन्धी अन्तरक्रिया तथा बागमती शाखा कार्यालय स्थापना कार्यक्रम पनि गरिएको थियो । पूर्व कर्मचारी सेवा परिषद् नेपाल २०४८ सालमा स्थापना भएको संस्था हो ।












प्रतिक्रिया दिनुहोस्