हेटौंडा । हेटौंडा–४ मा रहेको भूटनदेवी माध्यामिक बिद्यालयको भोलि शुक्रवार ५६ औं अभिभावक भेला, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम हुने भएको छ ।
बिद्यालय परिवारका अनुसार भूटनदेवी मावि परिसरमा दिउँसो ११ बजेदेखि कार्यक्रम हुने भएको हो । कार्यक्रममा सहभागि हुनका लागि बिद्यालयले सम्पूर्ण बिद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ ।
२०१६ सालमा स्थापना भएको भूटनदेवी मावि हेटौंडाको पुरानो बिद्यालय हो । हाल यहाँ १७ सय ३५ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन । यहाँ शिक्षा मन्त्रालय अन्र्तगत ९ कक्षादेखि १२ कक्षा सम्म सिभिल इन्जिनियरिङ र सिटिइभिटी अन्र्तगतको ३ बर्षे डिप्लोमा सिभिल इन्जिनियरिङको अध्यापन भईरहेको बिद्यालयका प्रअ माधवप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मा साइन्स बिषयको पनि यहाँ अध्यापन हुने गरेको छ ।












प्रतिक्रिया दिनुहोस्