हेटौंडा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा महारजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट उम्मेदवारी दिएकी धनुष विश्वकर्माले होस्टलदेखि लाइबेरी सम्मको समस्या समाधानमा पहल गर्ने बताएकी छिन । उनले स्ववियु सभापतिमा आफुलाई मतदान गर्न समेत सम्पूर्ण बिद्यार्थीहरुलाई आग्रह गरेकी छिन ।

उनले विद्यार्थीहरुको हक हितको लागि कुनै कसर बाँकी नराखी काम गर्ने बताइन । उनले नर्सिङको क्षेत्रमा रहेका समस्या समाधानमा सक्दो पहल गर्ने बताइन । उनले होस्टलमा भएका समस्या समाधान, खानेपानीको व्यवस्थापन, फिल्टर प्लान्टको व्यवस्था, पोषणयुक्त खानाको व्यवस्थापनका लागि क्याम्पस प्रशासन संग पहल गर्ने जानकारी दिइन । उनले लाइबेरीको समस्या समाधान गर्न पहल गर्ने, लाइबेरीको समय थप्ने, नयाँ पुस्तकहरुको व्यवस्थापन, होस्टल आवतजावत समयको व्यवस्थापन, बिद्यार्थीहरुको शिक्षण बिधि सिकाईमूलक हुनेगरि काम गर्ने प्रतिवद्धता जनाएकी छिन ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघको तर्फबाट सचिवमा विशाल केशरी, कोषाध्यक्षमा स्मृति श्रेष्ठ र सदस्यहरुमा सरिता साह, रिश्ता कार्की, जोशीका कंडेल, रक्षा ढुंगाना र संगीता न्यौपाने उम्मेदवारी दिएका छन । सभापति उम्मेदवार बिश्वकर्माले प्यानललाईनै अत्याधिक मतदान गरेर निर्वाचित गराईदिन सम्पूर्ण बिद्यार्थीहरु संग आग्रह समेत गरिन ।

यस्तै समानुपातिक तर्फ परिशा पौडेल, रन्जित कुमार शाह, शोभा शर्मा, सृष्टि सापकोटा, मङ्ग ल्होमु शेर्पा, संगीता शर्मा, निकिता काफ्ले, राधिका शर्मा, सुमन कुमार यादव र प्रेना थापा रहेका छन् ।