हेटाैँडा । मकवानपुर प्रहरीले तीन महिनामा ६ वटा सवारीसाधनसहित ८५ वटा गाईगोरु नियन्त्रणमा लिएको छ।
पशु कल्याण विपरीत ओसारपसार र अवैध किसिमले निकासी गर्न लागेकाले प्रहरीले सवारीसाधनसहित चौपाया नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी मकवानपुर तथा मातहतका कार्यालयहरुले कात्तिकदेखि पुससम्मको तीन महिना अवधिमा ८५ वटा गाईगोरु र ६ वटा सवारीसाधन नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले बताए।
प्रहरीले अवैध किसिमले गाईगोरु ओसारपसार गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको उनले बताए। विभिन्न स्थानमा सवारीसाधन रोकेर जाँच गर्ने क्रममा अवैध रुपमा चौपाया ओसारपसार गरिएको फेला पारेको हो।
प्रहरीले नियन्त्रणमा लिएका चौपाया, सवारी साधन र व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय हेटौंडा पठाउने गरिएको छ । उक्त अवधिमा भएका ६ वटा कारबाहीमध्ये ३ घटनामा मुद्दा दर्ता गरिएको र बाँकीमा जरिवाना स्वरुप कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ।
चौपाया ओसारपसार गर्दा कष्टकर ढंगले ढुवानी गर्ने र पशु कल्याण विपरित कार्य गर्ने गरेकाले ढुवानीको अवस्था एव वैधानिकता पनि अध्ययन गर्ने गरिएको प्रवक्ता बोगटीले बताए।












प्रतिक्रिया दिनुहोस्