कान्छा उम्मेदवार रास्वपाका प्रशान्त उप्रेती र वृद्ध उम्मेदवार राप्रपाका ६४ वर्षीय दीपकबहादुर सिंह
कान्छा उम्मेदवार रास्वपाका प्रशान्त उप्रेती र वृद्ध उम्मेदवार राप्रपाका ६४ वर्षीय दीपकबहादुर सिंह

हेटौँडा । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धसम्मले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा अधिकांश युवा छन् ।

निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार २५ वर्षदेखि ४० वर्षसम्मका १७ जना, ४० वर्षदेखि ५० वर्षसम्मका १४ जना, ५० वर्षदेखि ६० वर्षसम्मका ८ जना र ६० वर्षभन्दा माथि उमेरका ५ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र २ बाट २५ वर्षीय कान्छा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेति र निर्वाचन क्षेत्र १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ६४ वर्षीय दीपकबहादुर सिंह, स्वतन्त्र उम्मेदवार ६४ वर्षीय टीकाप्रसाद चौलागाईले उम्मेदवारी दर्ता गराए ।

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन क्षेत्र १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जनाले उम्मेदवारी दर्ता गराए। क्षेत्र १ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर २ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।