हेटौँडा । हेटौँडा उपमहानगरपालिका– ३, बसामाडीनजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमा ढुंगा प्रहार हुँदा एक महिला यात्रु घाइते भएकी छिन् ।
बुधबार बिहान करिब २:१५ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख १६४२ नम्बरको बसमा अज्ञात समूहले ढुंगा प्रहार गरेको हो । ढुंगा प्रहारबाट बसको सिसा फुट्नुका साथै बसमा सवार रुपन्देहीको ओमसतिया– ६ की २१ वर्षीया लक्ष्मीकुमारी चौधरीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते चौधरीको मकवानपुर सहकारी अस्पतालको आइसियूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ । उनी बोल्न सक्ने अवस्थामा छिन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनामध्ये पाँचजनालाई नियन्त्रणमा लिएको छ । एकजना फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्